निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले संविधानको मूल मर्म, भावनालाई आत्मसाथ गर्दै सरकार अगाडी बढेको दाबी गरेका छन् । सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधारका साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखेको उनको भनाइ छ ।

निजामती दिवस २०८० को अवसरमा शुभकामना दिदैं आज दाहालले निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारीहरु मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहेको पनि विश्वास लिएका छन् ।

अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रवन्ध गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उल्लेखित तथ्यलाई ध्यान दिँदै लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवा सम्बन्धी विधेयक हिजो मात्र नेपाल सरकार मन्त्रिपरिषद बैठकले संसदमा पठाउने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने उनको विश्वास छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);