हिक्मत कार्कीले गरे सर्वदलीय सरकार गठनका लागि आह्वान | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

हिक्मत कार्कीले गरे सर्वदलीय सरकार गठनका लागि आह्वान

काठमाडौं, २२ भदौ । कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सबै राजनीतिक दलहरू मिलेर कोशी प्रदेशमा सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् ।
सर्वोच्च अदालतले कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न विहीबार परमादेश दिएपछि उनले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका हुन् ।

राजनीतिक दलहरूबीचमा देखिएका अविश्वास संवादबाट हल गर्नुपर्ने र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि सबै दलहरू मिल्नुपर्ने कार्कीको भनाइ छ । कांग्रेस, माओवादी केन्द्र, राप्रपा मिलेर जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै उहाँले यसलाई आत्मसात् गरेर अघिबढ्रन आग्रह गर्नुभएको हो ।

कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले संविधान र कानुन मिचेको कुरालाई सर्वोच्च अदालतले सच्याइदिएको कार्कीको भनाइ छ । सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गर्दै सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो । न्यायाधीयशहरु सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको पूर्ण इजलासले उक्त आदेश दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);