रचना रिमालको ‘पिता’ सार्बजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रचना रिमालको ‘पिता’ सार्बजनिक

काठमाडौं, २२ भदौ । चर्चित गायीका रचना रिमालको स्वर, राज्य राई देमिनको संगीत र निर्देशन रहेको गीतकार डा।ओमकृष्ण प्रसाईंको ‘पिता’ बोलको गीत बिहिबार संवाद डबलीमा सार्बजनिक भएको छ ।

सो कार्यक्रममा वरिष्ठ संगीतकार सुरेश चन्द्र अधिकारीले डा।ओमकृष्ण प्रसाईंको ‘पिता’ गीत सांगीतक क्षेत्रमा नयाँ आयामको गीत आएको धारणा राखेका छन् । संसारमा आमा या अरु कुनै पनि विषयमा निकै स्तुति गान हुने गरे पनि पिताको विषयमा त्यस्तो नपाईको परिप्रेक्षमा सांगितकोे माध्यमबाट साम्मान हुनु ऐतिहासिक भएको जिकिर गरे ।

गीतकार डा।प्रसाईंले परिवारको सबैभन्दा जिम्मेवारी व्यक्ती पितालाई सम्झेर गीत सिर्जना, निर्माण र प्रस्तुतीकरण गरेर आमा र बुबा सन्तानका लागि समान र प्रकृतिका अमुल्य बरदान भएको बताउने प्रयास गरेको बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार चेतन सापकोटा, वसन्त सापकोटा लगायतले सो गीतको समिक्षा गरेका थिए ।

उनिहरुले समिक्षा गर्दै परिवारमा प्रेम सेलाएको,एक अर्काबीच विचारसिलता हराएर सम्मान समेत बिलाउदै गैरहेको परिप्रेक्षमा अहिले हाम्रो समाज बिकृतीतर्फ धकेलि रहेकोले यस गीतले केही नयाँ सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);