चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी गम्भीर घाइते

काठमाडौँ भाद्र २१
बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भिर घाइते भएकी छिन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ बगडीका जयराज लोहारकी १७ वर्षिया छोरी पुजा लोहार चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी हुन । उनको अवस्थामा गम्भिर रहेको र उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको त्यहा प्राथमिक उपचार गरेर उनिलाई मेलौली अस्पतालमा पुर्याएको छ । चितुवाले उनको घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
तालिगाडरोल भन्ने स्थानमा घाँस काट्न गएका बेला बिहीबार अन्दाजी मध्याह्न १२ बजेतिरको समयमा उनलाई चितुवाले आक्रमण गरेको हो । घाँस काटिरहेको स्थानबाट घास काट्न गएकी लुहारलाई चितुवा करिव पाँच सय मिटर तल घिसारेर लगेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);