हङकङको पुरानो सैन्य किल्लाको यस्तो छ कथा | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

हङकङको पुरानो सैन्य किल्लाको यस्तो छ कथा

एजेन्सी, १९ भदौ । हङकङको पुरानो सैन्य किल्लामा अवस्थित संग्रहालय हङकङको सैन्य क्षेत्रको इतिहास हो । हङकङको म्युजियम अफ कोस्टल डिफेन्सलाई १८८७ मा बनाइएको ल्यामुन फोर्टबाट ल्यामुन पासको हेडल्याण्डमा परिणत गरिएको थियो । संग्रहालय नजिकै घुमाउरो पहाड मार्गमा पिलबक्स र तोपका गोलाहरु छन् । द्वितीय विश्वयुद्धपछि रणनीतिक रुपमा महत्वपूर्ण मानिएको थिएन । तर यसको ऐतिहासिक महत्व र अदिव्तीय वास्तुकलाका विशेषतालाई मध्यनजर गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले यसलाई संग्रहालय बनायो । र २००० मा सर्वसाधारणका लागि खुला गरेको थियो ।

व्यवस्थित बनाएपछि संग्रहालय २०२२ मा पुनः खोलिएको थियो । संग्रहालय सैन्य थिममा आधारित छ । यो संग्रहालयले आगन्तुकका लागि स्मरणीय बनाउने सरकारले विश्वास लिएको नतालीले बताउनु भयो । हङकङ म्युजियम अफ कोस्टल डिफेन्सका सहायक क्युरेटर फ्रान्को येउङले हङकङको समुन्द्री रक्षा सेवा ताङ राजवंशमा फेला पार्न सकिने र यो संग्रहालय सोही बेलाका स्मरणमा बनाइएको बताउनु भयो । हङकङले जलमार्ग, व्यापार र वाणिज्यको रक्षा गर्न टुएन मुन वरपर सैन्य शहर स्थापना गरेको थियो । २१ औं शताब्दीमा पुरानो इतिहासलाई स्मरणमा ल्याउन हङकङले सो संग्रहालय बनाएको बताउनु भयो ।

हङकङ म्युजियम अफ कोस्टर डिफेन्स क्षेत्रको एक मात्र सैन्य संग्रहालय हो । लेउङका अनुसार यो २०२२ मा पुनः खोलिएदेखि संग्रहालयले हङकङमा जापानी आक्रमणको इतिहास, हङकङको युद्ध, हङकङ कोउलुन स्वतन्त्रता बिग्रेड अफ द इस्ट रिभर कोलमसँग जनचेतना फैलाउने सामग्री राखिएको छ । ८ डिसेम्बर १९९४ मा जापानी सेनाले हङकङमा आक्रमण गरेको थियो । १८ दिनको युद्धपछि हङकङ ३ वर्ष ८ महिना जापानी अधिनमा रह्यो ।

File Photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);