जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ

काठमाडौं, १९ भदौ । जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ । उहाँको शपथग्रहण कार्यक्रममा हजारौँ जिम्बाबेवासी हरारेको खेलकुद स्टेडियममा भेला भएका थिए ।

आफ्नो उद्घाटन भाषणामा उहाँले राष्ट्रलाई एकतावद्ध रहन आग्रह गर्दै सरकारले सबै जिम्बाबेवासीको जीवन परिवर्तनको सुनिश्चित गर्ने आश्वासन दिनुभयो । उहाँले क्षेत्रीय र अन्य विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा सोमवार आफ्नो दोस्रो पाँच वर्षको कार्यकालको लागि शपथ लिनुभएको हो । गत महिनाको आम चुनावमा उहाँले ५२.६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँले भाषणका क्रममा आफूलाई पुनः नेतृत्वका लागि चयन गरेकोमा जिम्बाबेवासीलाई धन्यवाद दिँदै आगामी ५ वर्षमा देशलाई एकतावद्ध गर्दै आधुनिकीकरण र विकास गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले निर्वाचनले जिम्बाबेमा लोकतन्त्रलाई बलियो बनाएको बताउनु भयो । उहाँले आफूले पुनः एकपल्ट देशको लागि सेवा गर्न पाएको भन्दै जिम्बाबेका जनताका सेवा गर्न आफू प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले अखण्डता, निष्पक्षताका साथ राष्ट्रिय संविधान र कानूनको पालना गरेर अघि बढ्ने बताउनु भयो ।

उहाँले आफ्नो नयाँ कार्ययोजनामा ग्रामिण विकासलाई तिब्रता दिने, राष्ट्रिय खाद्य सुरक्षालाई सुदृढ पार्ने, देशको पूर्वाधारको आधुनिकीकरण गर्नुका साथै देशको उत्पादन क्षमता र उर्जा आपूर्ति बढाउने बताउनु भयो । उहाँले जिम्बाबे अन्य देशहरुसँग पनि आफ्नो सम्बन्ध सुधार र बिस्तार गर्न तयार रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);