काठमाडौं, १९ भदौ । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । शनिबारदेखि बुटवलमा जारी अधिनेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि मतदान गर्न लागेको हो ।
मतदान सोमबार हुने भनिएपनि आज गर्न लागिएको हो । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुन लागेको हो ।
कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंंकर पोखरेल निकट हुन् । त्यसैगरी, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पुजन विश्वकर्माको उम्मेदवारी परेको हो । लक्ष्मण आचार्य उपसचिवमा निर्विरोध भएका छन् ।
उपसचिव खुल्लामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ ।