यमनको राजधानीमा बिष्फोट | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

यमनको राजधानीमा बिष्फोट

एजेन्सी, १८ भदौ । आईतवार राति हुथी नियन्त्रित यमनको राजधानी सानामा रहेको एउटा ग्यास स्टेशनमा बिष्फोट भएको छ ।

बिष्फोटका कारण आगलागी भएको बताइएको छ । राजधानी उत्तरपूर्वी भगमा रहेको अल खुराफी सैन्य शिविरको अगाडि रहेको मुजाफर ग्यास स्टेशनमा बिष्फोट भएको हो ।

हुथी सेनाहरुले सो क्षेत्रलाई घेरा हालेका थिए । बिष्फोटको आवाज पूरा शहरमा सुनिएको प्रत्यक्षदर्शीले बताए ।

त्यसपछि लागेको आगो पूरा शहरबाट देखिएको थियो । हुथी समूहले स्टेशनमा विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने बताइएको छ । आगोबाट बच्न स्थानीयले आफ्नो घर खाली गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);