भूकम्प सुरक्षा दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

भूकम्प सुरक्षा दिवस मनाइँदै

vukampa surakshaya diwas

काठमाडौं,२ माघ । विगत वर्षझैँ यस वर्ष पनि भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं १९९० को महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको हो ।

यस वर्ष ‘सबल समुदाय र स्थानीय सरकार भूकम्पीय सुरक्षाको बलियो आधार’ लाई मूल नारा बनाइएको छ । माघ २ गते अब थोरै मानिसको मानसपटलमा मात्र विसं १९९० सालको महाभूकम्पको त्रासदीपूर्ण क्षणको स्मरण बाँकी होला । नेपाल भारत र तिब्बतलाई असर पार्ने गरी गएको ८ रेक्टर स्केलको उक्त भूकम्पले त्यतिबेला करिब आठ हजार नेपालीको ज्यान लिएको इतिहास पाइन्छ ।

काठमाडौँको भूगोलपार्कमा राखिएको भूकम्पको स्मारकले उक्त दिनका स्मरण जो कोहीलाई गराउँछ । सोही दिनको स्मरण गर्दै गृह मन्त्रालयले हरेक वर्ष माघ २ गतेका दिन राष्ट्रव्यापी रूपमा भूकम्प सुरक्षा दिवस मनाउँँदै आएको छ । नेपाल हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केल सम्मका भूकम्प जाने गरेको भूगर्वविदहरूले बताउँदै आएका छन् ।

भूकम्पीय दृष्टिले अति जोखिमयुक्त क्षेत्रमा परेको नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने सन् १२५५ देखिको इतिहास पाइन्छ । काठमाडौँलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पले दुई हजार दुई सयभन्दा बढीको ज्यान लिएको इतिहासमा उल्लेख छ ।
त्यस्तै, सन् १२६० मा गएको भूकम्पले एक सय र १३४४ मा गएको भूकम्पले १ करिब १ सय व्यक्तिको ज्यान लिएको इतिहासमा उल्लेख छ । ती दुई भूकम्प क्रम ७ दशमलब १ र ७ दशमलब ९ रेक्टरस्केलसम्मको थिए ।

त्यस्तै सन् १४०८, १५०५, १६८१, १७६७, १८३३, १८६९, १९१६ मा पनि विनासकारी भूकम्पले हजारौ मानिसको ज्यान गएको पाइन्छ । १९३४ पछि पनि १९६६, १९८०, १९८८ मा नेपालमा ६ दशमलब ६ देखि ६ दशमलब ६ रेक्टर स्केलसम्मका भूकम्प गएको पाइन्छ ।
सन् २०११ मा सिक्किम क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भूभागलाई क्षति पु¥याएको पाइन्छ । सन् २०१५ अप्रिल २५ अर्थात् वैशाख १२, २०७२ को भूकम्प र त्यसपछिका पराकम्पको प्रभाव अझै पनि नेपालले झेलिरहँदा मङ्गलबार भूकम्प दिवस मनाइँदै छ ।

भूकम्पका कारण भत्किएका निजी, सार्वजनिक र संस्कृतिक सम्पदा पु्नर्निर्माणमा भएको ढिलासुस्तीले सम्पूर्ण नेपालीलाई गिज्याइरहेकै छ । सरकारले प्राधिकरण नै गठन गरेर पुनर्निर्माणको कार्य अगाडि बढाउन खोजे पनि त्यो सन्तोषजनक रूपमा हुन नसकेको चौतर्फी आलोचना खेप्दै आएको छ । पाँच वर्षको समयमा सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्य हासिल गर्न सरकारलाई निकै ठूलो चुनौतीको सामना गरिरहनुपरेको छ ।आजको गोरखापत्र दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);