गोसाईकुण्ड दर्शन गरेर छुर्पि किन्न जाँदा हराएका युवक फेला | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

गोसाईकुण्ड दर्शन गरेर छुर्पि किन्न जाँदा हराएका युवक फेला

काठमाडौं, १७ भदौ । गोसाईकण्ड दर्शन गरी फर्किने क्रममा बेपत्ता भएका एक युवक फेला परेका छन् । जनैपुर्णिमामा रसुवाको गोसाईकुण्ड दर्शन गरेर फर्कने क्रममा काठमाडौं बस्दै आएका १७ वर्षीय युवक प्रदेश तामाङ सम्पर्कविहिन भएपछि प्रहरीले खोजी गरेको थियो ।

उनलाई शनिबार प्रहरीले फेला परेको हो । उनी आमासँगै गोसाइँकुण्ठबाट फर्कने क्रममा ढिस्सा क्षेत्र झरेपछि छुर्पि किन्न लाग्दा आमासँग छलिएका थिए । बाटो बिराएपछि उनी मूख्य बाटो भुलेर जंगलको बाटो पस्दा प्रवेश हराएका थिए ।

उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको टोली परिचालन भएका थिए । आज बिहानै ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा २० जनाको टोली खोजीमा खटिएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);