चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो: यस्ता भिर उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो: यस्ता भिर उच्च जोखिममा

chure area

काठमाडौं,२ माघ । देशको पश्चिम भेगको चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो गएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागले गरेको अनुसन्धानमा पश्चिमका १२ जिल्लामा ९० वर्गकिलोमिटर पहिरो गएको पत्ता लागेको हो ।

चुरे क्षेत्रको पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा काम गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र विभागले एक वर्ष लगाएर अनुसन्धान गरेका थिए । परियोजना संयोजक डा. सुबोध ढकालका अनुसार यस क्षेत्रमा चार सय वर्गमिटरभन्दा ठूला पहिरोको संख्या ७३ सय ७७ छ । सतही भूक्षयको समेत ठूलो समस्या रहेको छ । कञ्चनपुर, डडेल्धुरा, कैलाली, डोटी, बर्दिया, सुर्खेत, बाँके, दाङ, सल्यान, प्युठान, अर्घाखाँची र कपिलवस्तुमा पहिरोको जोखिम बढी छ ।

मानव जातिका कारण पुरानो पहिरोलाई काट्दै बनाइएका सडक संरचना पहिरोलाई पुनः उक्साउने मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कोहलपुर–सुर्खेत रोडमा यस्ता समस्या धेरै देखिएका छन् । त्यसैगरी पानीको कमजोर निकास, खोलाले भिरलाई काट्ने प्रक्रिया र जमिनअनुसारको रूखको अभावले पनि पहिरो जाने गरेको उल्लेख छ । विभागले भूउपग्रहबाट लिएका तस्बिर र फिल्ड अध्ययनका आधारमा पहिरोको संख्या पत्ता लगाएको हो ।

३० देखि ४० डिग्रीको भिर जोखिमपूर्ण
१२ मध्ये सबैभन्दा बढी चार जिल्लामा पहिरोको समस्या देखिएको छ । कैलाली, सुर्खेत, दाङ र डडेल्धुरामा पहिरोको संख्या धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी जिल्लामा चट्टान चिप्लिने, चट्टान खस्नेलगायत समस्या छन् । भौगर्भिक नोटअनुसार ‘मिडल सिवालिक’ र लवर सिवालिकमा सबैभन्दा बढी पहिरो गएका छन् । ३० देखि ४० डिग्रीको भिरमा बढी पहिरो देखिएको छ।आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);