विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा

biplov

काठमाडौं, १५ भदौ । अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आन्दोलन घोषणा गरकेो छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पार्टीले एमसीसीको विरोधमा संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने भएको छ । लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व अनिल शर्मा बिरहीले गर्ने जनाइएको छ ।

असोज १ देखि १५ गतेसम्म मार्चपास गर्ने कार्यक्रम तय भएको छ । अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);