एमसीसीको विरोधमा नेकपासहित ६ दलकाे आज खुलामञ्चमा जनसभा, त्यसअघि र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसीको विरोधमा नेकपासहित ६ दलकाे आज खुलामञ्चमा जनसभा, त्यसअघि र्‍याली

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज शुक्रबार राजधानीकाे खुलामञ्चमा जनसभा गर्दैछन् ।

गत आइतबार संसदबाट एमसीसी अनुमाेदन भएपछि चरणवद्ध आन्दाेलनकाे कार्यक्रम घाेषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्‍याली निकालेर खुलामञ्चमा जनसभा आयाेजना गर्न लागेका हुन् । बिहान ११ बजे र्‍याली सुरु हुने  र १२ बजे सभा हुने जनाइएकाे छ ।

नेकपा,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन् ।

याे माेर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ । २६ फागुनमा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने २८ फागुनमा युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);