काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले यसबारे जानकारी दिएको छ । निगमका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो।
साथै, खाना पकाउने ग्यासमा एकैपटक २३५ रुपैयाँ मूल्य बढाएको छ।
भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य बढाएको हो ।