कञ्चनपुरमा हात्ती आतंक, बस्ती छोडनुपर्ने अवस्थामा स्थानीय | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

कञ्चनपुरमा हात्ती आतंक, बस्ती छोडनुपर्ने अवस्थामा स्थानीय

पुष्कर भट्ट
कञ्चनपुर । विगत लामो समय देखि खेति पाक्ने र भित्र्याउने समयमा गाउपस्ने जंगली हात्तिका कारण कञ्चनपुरको दोधारा चांदनी नगरपालिका ३ बडुवाल टोलका स्थानिय गाउमा वस्नै नसक्ने अवस्थाका पुगेका छन । २ सय वढि घर परिवार भएको सो वडामा रातदिन जंगलीहात्तिको वथान गाउ पस्ने र लगाएको वालिनाली सखाप पार्नुका साथै घर गोठ भत्काउने गरेका कारण उनीहरु यस्तो समस्यामा परेका हुन ।

उसो त कञ्चनपुरका आरक्षकिनार तथा भारतिय जंगल किनारका अधिकांस वस्तीहरुमा वर्षेनी जंगली हात्तिको सन्त्रास हुने र लगाएको वालिनाली समेत जंगली हात्तिले सखाप पार्दै आईरहेको छ ,तर पछिल्लो २÷३ वर्ष यता भने दोधारा चांदनी नगरपालिका ३ बडुवाल टोलमा भने हात्तिहरुको तान्डवका कारण टोलवासीको दैनिक जिवननै आर्जित भईरहेको छ । जसका कारण सो गाउमा वस्ने अधिकांस सर्वसाधारणहरु वस्तिनै छोड्नुपर्ने मनसायमा पुगेका छन ।

यस वर्ष मात्रै कञ्चनपुर जिल्लामा सयौ विगाह वढि पाक्नै लागेको धानवाली मात्रै क्षती गरीसकेको छ । त्यस्तै मकै , तिल लगायतका अन्नवालि मा क्षति गर्ने गरेको छ । जंगली हात्तीबाट आतंकित बनेका पीडितले स्थानीय प्रशासन र निकुञ्ज कार्यालयसँग पटक–पटक क्षतिपूर्ति, राहत र जीउ ज्यानको रक्षाको माग गर्दै आएका छन् । तर, विगत लामो समयदेखि हात्तीले आतंक मच्चाउँदै आए पनि सम्बन्धित निकायले भने दीर्घकालिन समाधान खोज्न नसकेको पीडितको गुनासो छ ।

कञ्चनपुरको महाकाली नगरपालिका जस्तै भिमदत्तनगरको गोवरिया, वागफाटा,पुर्नवास नगरपालिका, लालझाडि नगरपालिका लगायतका विभिन्न क्षेत्रमा जंगली हात्तिले जनधनको क्षती गर्दे आईरहेका छन भने स्थानिय निकायले कहिकतै तारवारको व्यवस्था समेत गरेको भएपनी वडुवाल टोललगायत भारतिय सिमामा पर्ने क्षेत्रमा भने खासै नियन्त्रणको पहल भएको देखिदैन ।

गतवर्ष मात्रै हात्तीले डेढ सयभन्दा बढीको घरटहरा र बालीनाली नष्ट गरेको थियो । तर अहिलेसम्म पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज किनार रहेको जिल्लाका अधिकांस बस्तीमा विगत देखिनै हात्तीहरुको बथानले जनधनको नोक्सानी गर्दे आएपनी सरकारी निकाय वाट कुनै प्रकारको दिर्घकालिन समाधानको लागी निति बनेको छैन तर यसको न्युनिकरणका लागी सरोकारवाला निकाय आफुहरुले नगपालिका मार्फत पहल थालिरहेको दोधारा–चाँदनी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष हरि सिंह धनाडिले वताएका छन ।

जंगली हात्ति प्रायः गरी रातिको समयमा छाउ सहित बथानमै आउने गरेका कारण उनीहरुलाई सामान्य रुपमा धपाउन नसकिएपनी हात्ति आएको खवर पाउना साथ ढुङ्गा्रे वजाउने, साईरन वजाउने आगो को राका वाल्ने, पटाका पड्काउने , सोलार पेनल लगायतका उपाय अपनाई विगत देखिनै हात्ति धपाउने प्रयास गर्दे आईरहेका छन । वर्खा होस वा हिउदमा लगाईएको खेतिवाली पाक्ने र भित्र्याउने समयमा जंगली हात्तिहरुले आतंक मच्चाउने मात्र नभई जिउधनको क्षति समेत गर्ने गर्दछन ,विगत ५ वर्ष यता कञ्चनपुरमा मात्रै हात्ति आकम्रणका १६ घटना भएका छन घटना मा परि ५ जनाले ज्यान गुमाएका छन भने ११ जना घाईते भएका छन भने हात्तिको झुण्डले जिल्लाभरमा बिगत ५ बर्षमा ५२ घरगोठ भत्काएको शुक्लाफाटा निकुञ्जले जनाएको छ ।

कञ्चनपुरको बडुवालटोल सहित भिमदत्त नगरपालिकाको वडा न १३,१४,१५,१८ पिपरैया, बनकट्टी, गोवरिया,बागफांटा र जिल्लाको लालझाडी गाउपालिका , पुनर्बास नगरपालिका लगायतका क्षेत्रमा अहिले जंगली हात्तीले बढी क्षति गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);