पाल्पामा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु, बालबालिकासहित तीन जनाको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पाल्पामा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु, बालबालिकासहित तीन जनाको सकुशल उद्धार

काठमाडौं, १३ भदौ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा पुरिएर ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते भएका ८ जनाको उपचार भइरहेको छ । बच्चासहित जनालाई सकुशल उद्धार गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी पाँच जनाको अवस्था मध्यम रहेको रहेको पाल्पा प्रहरीले जनाएको छ । घाइतेको पाल्पा सदरमुकाम स्थित यूनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भईरहेको छ । मृतक तीनै जनाको पहिचान खुल्न भने सकेको छैन ।

Photo Source :Laghuwa   jorte  Palpa

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);