ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपालजस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्य भूमिलाई दुषित गरेको बताउनु भयो । उहाँले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरेपनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालमा अपार जलश्रोतको सम्भवना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताउनु भयो । उहाँले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठूला पार्टीले मुलुक चलाइरहेका छन्, आफूलाई ठूला पार्टी भन्नेहरुले यस्तो पुण्य भूमिलाई कताकता अलि दुषित गरेका छन् । तर हेर्नुहोस्, जति जे गरेपनि, जति घुसखोरी, भ्रष्टाचार गरेपनि यो पुण्य भूमिको यसको सम्भावना कसैले बिगार्न सक्दैन । यहाँ अपार जलश्रोत, यहाँ अन्य किसिमको हबहरु छन् । यहाँको अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको छ । के छैन नेपालमा ? त्यसैले यो मुलुकलाई कसैले दुषित गर्न सक्दैन । तर हामी हिन्दु, बुद्ध, जैन सम्पूर्ण थरका मान्छे जम्मा हुनुपर्छ, बुढा किराँत, सम्पूर्ण एक ठाउँमा आउनुपर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);