भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

उहाँका अनुसार सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताउनु भयो ।

सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);