लुम्बिनी, तिलौराकोटको अध्ययन अवलोकनमा सांसद भगबती चौधरी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

लुम्बिनी, तिलौराकोटको अध्ययन अवलोकनमा सांसद भगबती चौधरी

लुम्बिनी, ८ भदौ । नेकपा एमालेकी सांसद भगबती चौधरी एसियाकै ज्योती भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्थलगत निरीक्षण र अध्ययनमा पुगेकी छन् । शुक्रबार पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य अगाडी बढाई रहेकी चौधरीले निटक भविष्यमा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकमा कसरी भगवान गौतम बुद्धको ऐतिहासिकता, धार्मिकतालाई समावेश गर्न सकिन्छ भनेर लुम्बिनी र तिलौराकोटको भ्रमण गरेकी हुन् ।

सो अवसरमा सांसद चौधरीले भगवान गौतम बुद्धको जन्मस्थलबाट नेपाललाई धार्मिक पर्यटकीय मुलुक बनाउँदै विश्वभरबाट पर्यटन भित्र्याएर देश विकास गर्न सकिने पनि बताइन् । तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्र अवलोकन गर्दै लुम्बिनी विकास कोषले दरबारको संरक्षण, उत्खनन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले शान्तिका अग्रदुत भगवान गौतम बुद्धले दिएको ज्ञान र उपदेशलाई विश्वभर फैलाउन र लुम्बिनीको बृहत्तर विकासका लागि आफु काम गर्ने बताउँदै सुनसरी क्षेत्र नं. ३ मा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकको निर्माणमा आवश्यक सल्लाह र सहयोग गर्ने बताए ।

चौधरीले स्थानीय नेताहरुसँग अन्तरक्रिया गर्दै लुम्बिनीको विकास गर्न स्थानीय तहका सरोकारवालाहरुले पनि ध्यान दिनुपर्ने तथा कोषले समेत स्थानीय जनतालाई साथमा लिएर उनीहरुको जनजिवीकाका सवालमा काम गर्नुपर्ने जिकीर गरिन् । ‘युवाहरु विदेशिने क्रम बढिरहेको छ । उनीहरुलाई स्वदेशमै काम गर्ने, स्वदेशमै बस्ने र आत्मनिर्भर हुन प्रेरित गर्ने योजना बनाउनु पर्छ । त्यसका लागि अब स्थानीय जनताले पनि आफ्ना अधिकार प्रति सजग हुनै पर्दछ ।’ चौधरीले भनिन् ।

भ्रमणमा लुम्बिनी विकास कोषका सदस्य मेखबहादुर बुढाथोकीले सहजीकरण गरेका थिए । उनले लुम्बिनीको धार्मिक, ऐतिहासिक, सांस्कृतिक पक्षलाई संरक्षण गर्न राज्यले विशेष गुरुयोजना बनाउनु पर्ने, पर्यटन प्रवद्र्धनका स्थानीयलाई समेटेर अगाडी बढ्नु पर्ने बताए ।

भ्रमणमा चौधरीले लुम्बिनी बृहत्तर विकास क्षेत्रका मोनास्टिक, सम्राट अशोकको स्तम्भ, तिलौराकोटको संरक्षित दरबार क्षेत्र, जोडी स्तुप, ऐतिहासिक जगदिशपुर ताल लगायतका क्षेत्रहरुको अवलोकन गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);