काठमाडौं, १० भदौ । सत्तारुढ नेपाली काँग्रेस बागमती प्रदेश कानुन तथा संसदिय मामिला बिभाग प्रमुख सानुकान्छा श्रेष्ठले संगठनसम्बन्धि सुझाब दिन विभिन्न समितिहरु गठन गरेर जिम्मेवारी पनि तोकेका छन् ।
शनिबार बसेको बैठकले विभिन्न अध्ययन समिति गठन गरेर जिम्मेवारी पनि तोकेको छ । नेपाली काँग्रेसको बिधान र नियमावली अध्ययन गरी संशोधन गर्नु पर्ने र थप गर्नु पर्ने दफाहरु सुझाब दिन अधिबक्ता केशब प्रसाद मैनालीको नेतृत्वमा समिति गठन गरेको प्रमुख श्रेष्ठले बताए । जसमा बोध बिक्रम थापा र समितिका सचिब प्रबिण हुमागाई सदस्य रहेका छन् ।
त्यसैगरी, संगठनसम्बन्धि सुझाब दिन अधिबक्ता नारायण खडकाको संयोजकत्वमा समिति गठन भएको छ । जसमा अधिबक्ता आकाश अधिकारी सदस्य रहेका छन् । त्यस्तै,राजनितिक सम्बन्धि प्रतिबेदनको संयोजकको जिम्मेवारी अधिबक्ता सानुकान्छा श्रेष्ठ आफैले लिएका छन् । बागमति प्रदेश सरकारले पारित गरेका कानुनहरु अध्ययन गरि सुझाबका लागि संयोजकमा अधिबक्ता दिना श्रेष्ठलाई तोकिएको छ ।
बिभागको बैठकले नेपाली काँग्रेसको बिधान र नियमावली अध्ययन गरी संशोधन गर्नु पर्ने र थप गर्नु पर्ने दफाहरु सुझाब दिन अधिबक्ता केशब प्रसाद मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । जसमा बोध बिक्रम थापा र समितिका सचिब प्रबिण हुमागाई सदस्य रहेका छन् ।
सत्तारुढ नेपाली काँग्रेस बागमती प्रदेश कानुन तथा संसदिय मामिला बिभागले मनोनित सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । यदि कसैले सल्लाह, सुझाव दिन चाहेमा आगामी भदौ २५ गतेसम्म इमेल गर्न पनि श्रेष्ठले आग्रह गरेका छन् । त्यस्तै, प्रत्येक महिनाको पहिलो शुक्रबार दिनको ४ बजे नियमित बैठक बस्ने निर्णय गरेको छ ।




