काठमाडौं । मेलम्ची खोलाले सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ४ ग्याल्थुममा रहेको सरस्वती माबिको भवन बगाएको छ ।
आज बिहानैदेखि भइरहेको अबिरल बर्साको कारण सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ४ ग्याल्थुममा रहेको सरस्वती माबिको भवन मेलम्ची खोलाले बगाएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
मेलम्ची खोलामा आएको बाढीका कारण ग्याल्थुम बजार पुर्ण जोखिममा परेको छ । नदी तटिए क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।