काठमाडौं,१ माघ । एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया साबिकको टेलियासोरेनाले करिब ६० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्न अटेर गर्दै आएपछि सरकारले एउटा टोली स्विडेन पठाउने तयारी गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाता कार्यालयले टेलियालाई १५ दिनको समय तोकेर ११ दिनअघि कर तिर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
यस बीचमा पनि टेलियाले सरकारी निकायसँग सम्पर्क गरेको छैन । यस्तो अवस्थामा टेलियाबाट लाभकर उठाउन एउटा टोली स्विडेनमै पठाउन सरकारले तयारी गरेको हो ।आजको नागरिक दैनिकमा खबर छ ।