दुई महिनाभित्र कैदीहरु आदानप्रदान गर्ने अमेरिका–इरानबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

दुई महिनाभित्र कैदीहरु आदानप्रदान गर्ने अमेरिका–इरानबीच सहमति

एजेन्सी, ५ भदौ । इरान र अमेरिकाबीच कैदीबन्दी आदानप्रदान र इरानको रोक्का गरिएको सम्पती फुकाउ गर्ने बारेमा दुई महिनाको समयसीमा तोकिएको छ ।

सोमवार इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले तेहरान र वासिङटनबीच कैदीहरु आदानप्रदान र इरानको रोकिएको सम्पती फिर्ता गर्ने सम्झौता कार्यान्वयनका लागि दुई महिनाको समय निर्धारण गरिएको बताउनुभएको हो । सम्झौता कार्यान्वयन राम्रोसँग हुने र यो निर्धारित समयसीमा भित्र पूरा हुने आशा गरेको बताउनु भयो ।

उहाँले इरानमा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ७८ औं सत्र भन्दाअघि अन्य कुनै स्थानमा संयुक्त राज्य अमेरिकासँग छलफल गर्ने योजना नरहेको बताउनु भयो । उहाँले इराकलाई ग्यास र बिजुली निर्यातसँग सम्बन्धित इरानको कोषको केही भाग हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएको र यस प्रक्रियालाई गम्भीरताका साथ अघि बढाउने पनि बताउनु भयो । अगस्टको शुरुवातमा इरान र संयुक्त राज्य अमेरिकाले तेस्रो देशको मध्यस्थतामा एक सम्झौता गरेको बताइएको थियो ।

जसअन्तर्गत दुई पक्षले मानवीय मुद्दाको रुपमा कैदीहरु आदानप्रदान गर्ने र अमेरिकाद्वारा विभिन्न स्थानमा अवैध रुपमा अवरुद्ध गरिएका इरानी सम्पतीहरु छोड्नुपर्ने सम्झौता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);