नवजात शिशुको हत्या गर्ने नर्सलाई जन्मकैदको सजाय | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

नवजात शिशुको हत्या गर्ने नर्सलाई जन्मकैदको सजाय

एजेन्सी, ५ भदौ । बेलायतको म्यानचेस्टर क्राउन कोर्टले सात नवजात शिशुको हत्या गरेको अभियोगमा एक नर्सलाई जन्मकैदको सजाय सुनाएको छ । उनले आफ्नो सजायको अवधिमा प्यारोल पनि पाउने छैनन्।

लुसी नामक नर्सले जुन २०१५ र जुन २०१६ को बीचमा हत्या गरेकी थिइन् । उनको यसबाहेक ६ बालबालिकालाई मार्ने प्रयास गरेको आरोप पनि प्रमाणित भएको छ । भारतीय मूलका डाक्टर रवि जयरामले पनि नर्सविरुद्ध बयान दिएका छन् ।

नर्सले नवजात शिशुहरूलाई मार्न धेरै तरिकाहरू प्रयोग गरेकी थिइन् । पहिलो– औषधि बिना सुई दिएर । यसले नसाहरूमा खाली ठाउँ सिर्जना गर्छ र त्यसपछि बच्चाको मृत्यु हुन्छ । दोस्रो– बलपूर्वक बढी दूध खुवाउने र त्यो पनि अरूको । तेस्रो– इन्सुलिन दिएर विष सिर्जना गर्ने । अदालतले फैसलामा ‘होल लाइफ अर्डर’ शब्द प्रयोग गरेको छ। यसको मतलब उसले आफ्नो बाँकी जीवन जेलमा बिताउनु पर्छ। लुसी यस्तो सजाय पाउने बेलायतकी तेस्रो महिला हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);