काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद स्वर्गिय प्रदीप गिरी माक्र्सवादी भएको बताउनुभएको छ ।
सोमवार स्वर्गिय गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरी माक्र्सवादी भएको र उहाँले संसारका सारा समस्या माक्र्सवादमा देखेको बताउनु भयो ।
माक्र्सवादको विषयमा जान्ने एशियाकै केही मान्छेहरु भित्रमा प्रदीप गिरी पर्ने उहाँले बताउनु भयो । गिरीको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रताको व्याख्यामा श्रमजिविका प्रति निःशर्त प्रतिवद्धता बाहेक अरु केही नभएको उहाँले बताउनु भयो । गिरीको जीवनमा बोल्ने र गर्ने कुराको तादाम्यता पनि मिलेको उहाँको भनाई छ ।
उहाँले प्रदीप गिरी जीवित रहँदा आफूलाई बौद्धिक रुपमा सुरक्षित छु जस्तो लाग्ने गरेको र अहिले त्यस्तो सुरक्षित महशुस नभएको बताउनु भयो ।




