प्याब्सन अन्तर–विद्यालय तीज नृत्य प्रतियोगिताको तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

प्याब्सन अन्तर–विद्यालय तीज नृत्य प्रतियोगिताको तयारी

काठमाडौँ, ४ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन), काठमाडौँ जिल्ला समितिले दशौँ अन्तर–विद्यालय तीज विशेष नृत्य प्रतियोगिताको तयारी गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष प्रेम राईले पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तीजबारे विद्यार्थीलाई जानकार गराउन प्रतियोगिता गर्न लागिएको बताउनुभयो । यही भदौ २७ गते राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा ६० विद्यालयका गरी नौ सय ६० विद्यार्थीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालय र विद्यार्थीलाई क्रमशः रु बीस हजार, रु १५ हजार र रु १० हजारसहित ट्रफी र प्रमाणपत्र दिइनेछ । जिल्ला समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई ९दाहाल० ले भाषा, कला, जातजाति र संस्कृतिको विविधताले भरिएको नेपालको चाड पर्वको महत्वलाई विद्यार्थी जगतबाट प्रवद्र्धन गर्न विसं। २०६९ देख प्रतियोगिता गरिँदै आएको बताउनुभयो ।

यही भदौ १९ गतेसम्म नाम दर्ता गर्नुपर्ने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी गरी एक नृत्य समूहमा १२ देखि १६ जनासम्म विद्यार्थी रहनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);