अधिकांश बैंकहरुले बढाए भदौको ब्याजदर,कुन बैंकको कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

अधिकांश बैंकहरुले बढाए भदौको ब्याजदर,कुन बैंकको कति ?

काठमाडौं, ३२ साउन । अधिकांश वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर वृद्धि गरेका छन् । खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरुले २ महिनै भदौमा ब्याजदर बढाउन प्रतिपस्र्धा नै गरिरहेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशत माथि ब्याजदर पु¥याएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार भदौमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ब्याज दिने भएका छन् । यी बैंकहरुले भदौ महिनाका लागि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर १०.८९६ प्रतिशत निर्धारण गरेका छन् । त्यस्तै, संस्थागत मुद्धति निक्षेपमा भने यी बैंकहरुले ८.८९६ प्रतिशत ब्याजदर तोकेकाक छन् ।

एनआईसी एशिया, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम कमर्सियलले ब्याजदर घटाएका छन् । भदौ महिनामा एनएमबि बैंकले व्यक्तिगत मुद्धतिमा ९.९९ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ७.९९ प्रतिशत ब्याज निर्धारण गरेको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ १०.५ प्रतिशत र संस्थागत मुद्धतितर्फ ८.५ प्रतिशत ब्याज दिने भएको छ ।

यसैगरी, नबिल बैंकले व्यक्तिगततर्फ १०.४९ प्रतिशत र मुद्धतितर्फ ८.४९ प्रतिशत,नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा समान ९.९९ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागत मुद्धति निक्षेपमा क्रमशः ७.९९, ७.९९, ७.९९, ७.४९ र ७.९९ प्रतिशत ब्याज निर्धारण गरेका छन् ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ८.९२ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ६.९२ प्रतिशत ब्याजदर तोकेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);