काठमाडौं, ३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोगका लागि पदाधिकारी र सदस्यहरु माग गरेको छ ।
पार्टीको विधान, सिद्धान्त,दर्शन,प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरुमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरुलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिसमेत अनुशासन आयोग बनाउन लागेको पार्टीले जनाएको छ ।
आयोगमा ५ सदस्यीय हुने पार्टीको नियमावली रहेको छ । जसमा प्रदेश प्रमुख,उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ । आयोगमा बस्ने पदाधिकारीहरुको शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एक जना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
त्यसैगरी, जिल्ला अनुशासन समिति ३ सदस्यीय हुनेछ । एकजना प्रमुख र २ जना सदस्य रहने व्यवस्था गरिएको छ ।