मिसाइल आक्रमणसम्बन्धी गलत सन्देश प्रवाहित हुँदा सर्वसाधारण त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिसाइल आक्रमणसम्बन्धी गलत सन्देश प्रवाहित हुँदा सर्वसाधारण त्रसित

एजेन्सी, ३० पुष ।  अमेरिकाको हवाई राज्यका गभर्नर डेभिड इगेइले एकजना कर्मचारीले आफ्नो काम सकिने बेला गलत बटन थिचेकोले गलत सूचना गएको भन्दै क्षमा मागेका छन्।

मिसाइल आक्रमण हुन लागेको भन्दै सचेत गराउन सूचना पठाउने स्वीच गल्तीले थिच्दा सर्वसाधारणमा त्रास फैलिएको हो । एक कर्मचारीले गल्तीबस स्वीच थिच्दा मिसाइल आक्रमण हुन लागेको सूचना सर्वसाधारणको मोबाइलमा गयो । मोवाइलमा हवाईमा ब्यालेस्टिक मिसाइलको खतरा बढेकाले तत्काल सुरक्षित स्थानको खोजी गर्न र यो झुठ होइन भन्ने सूचना आएपछि सर्वसाधारणमा त्रास फैलिएको हो ।

सूचना मोवाइलमा जानुका साथै स्थानीय टेलिभिजन तथा रेडियो स्टेशनबाट पनि प्रशारण भएको थियो । चेतावनीसहितको सूचना पाएपछि हवाईका बासिन्दा सुरक्षित स्थानको खोजीमा लागेका थिए । तर त्यसको केही समयपछि गल्तीबस मिसाइल अलर्ट स्वीच थिच्दा सूचना गएको भन्दै हवाई राज्य सरकारले माफी मागेको छ । हवाईका गभर्नर डेविड इगीले माफी माग्दै कर्मचारीको गल्तीका कारण गलत सूचना गएको बताए ।

सरकारले घटनाको छानबिन हुने बताएको छ । उत्तर कोरियाबाट मिसाइल आक्रमण हुन सक्ने खतरा रहेको भन्दै नागरिकलाई सचेत गराउन हवाईमा सूचना प्रणाली राखिएको छ । मिसाइल आक्रमणको खतरा हुने बित्तिकै सूचना केन्द्रमा रहेका कर्मचारीले स्वीच थिच्ने र लगतै राज्यका नागरिकको मोवाइलमा चेतावनीसहितको सूचना पुग्ने व्यवस्था मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);