जाजरकोटमा फैलिएको रोग 'सिजनल फ्लु' भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जाजरकोटमा फैलिएको रोग ‘सिजनल फ्लु’ भएको पुष्टि

जाजरकोट, ३० पुष । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागको प्रयोगशालामा गरिएको बिरामीको नमुना परीक्षणबाट जुनीचाँदे गाउँपालिकामा फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको हो । प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्‍याल परीक्षण गरिएको थियो । परीक्षणमा ए टाइपको ‘एच थ्री एन टु’ भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले जानकारी दिए ।

उनका अनुसार ५ नमुनामध्ये एउटामा उक्त जीवाणु फेला परेको हो । रोगका कारण १४ जनाको मृत्यु भइसकेको छ । शनिबार रोग प्रभावित क्षेत्रमा औषधिसहित पुगेकी स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले जुनीचाँदेमा फैलिएको रोग सामान्य खालको रुघाखोकी भएकाले आत्तिन नपर्ने बताए । उनले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएकाले नआत्तिन स्थानीयवासीलाई आग्रह गरे ।

रोग विस्तारै नियन्त्रणमा आउन थालेको छ । रोग प्रभावित क्षेत्रमा २० भन्दा बढी स्वास्थ्यकर्मी खटाइएका छन् । उपचारका लागि स्वास्थ्य शिविरमा आउने विरामीको संख्या घट्दै गएकाले अबको एक सातामा रोग नियन्त्रणमा आउने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);