उध्दार कार्यमा नेपाली सेना (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

उध्दार कार्यमा नेपाली सेना (फोटोफिचर)

काठमाडौं, २९  साउन । अविरल वर्षाका कारण जनजीवन प्रभावित भएका इलाकाहरुमा नेपाली सेनाले खोज तथा उध्दार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले विभिन्न उद्धारका कार्यहरु सम्पन्न गरेको हो ।
मुस्ताङ जिल्ला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बजारमा काग खोलाबाट आएको बाढीको कारण बजार इलाका जलमग्न भई २५ भन्दा बढी घरहरुमा क्षति पुर्‍याउनुका साथै कागवेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल समेत बगाएको कारण आवतजावतमा कठिनाइ भएको हुँदा सो इलाकामा नेपाली सेनाको उध्दार टोली परिचालित भई  अन्य सुरक्षा निकाय तथा स्थानीयहरुको सहयोगमा स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उध्दार कार्य भइरहेको छ ।
त्यस्तै,रौतहट जिल्ला, राजदेवी नगरपालिका–९, ब्रम्हपुरी इलाकामा बागमती नदीको तटबन्ध चुहावट हुन गई उक्त इलाकामा क्षति पुग्न सक्ने भएको हुँदा नेपाली सेनाको टोली परिचालित भई सो स्थानमा ग्याविन जाली तथा स्याण्ड ब्याग भरेर बाँध चुहावटलाई रोकथाम गर्ने कार्य गरेको छ ।
साथै देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण हराइरहेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply