काठमाडौं,२८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको अध्यक्षमा अंशुल केसीलाई मनोनित गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौंको अध्यक्षमा मनोनित गरेका हुन् ।
काठमाडौं नेविसंघका अध्यक्ष मनिष डँगोल केन्द्रीय सदस्य मनोनित गरेपछि केसी काठमाडौंको अध्यक्ष बनेका हुन् ।