मिसाइल आक्रमण हुन लागेको चेतावनीको सूचना अमेरिकामा फैलिएपछि | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

मिसाइल आक्रमण हुन लागेको चेतावनीको सूचना अमेरिकामा फैलिएपछि

एजेन्सी, ३० पुष । संयुक्त राज्य अमेरिकाको एक राज्य हवाईमा उत्तर कोरियाले मिसाइल आक्रमण गर्न लागेकाले सुरक्षित स्थानमा आश्रय लिनु भन्दै मोबाइलमा सन्देश आएपछि हवाई राज्यका बासिन्दामा शनिबार बिहान त्रास फैलियो । यो कुनै अभ्यास नभएको यो सूचना सत्य भएको भन्ने सन्देश मोबाइल प्रयोगकर्ताले पाएका थिए।

 

बीबीसीका अनुसार त्यसको केही समयपछि नै हवाईका राज्यपाल ‘डेविड लेअइ’ले कर्मचारीको गल्तीका कारण गतल सूचना गएको भन्दै माफी मागेका थिए ।

हवाईमा उत्तर कोरियाबाट निकट दूरीमा रहेको र मिसाइल आक्रमणको खतरामा रहेको भन्दै चेतावनी प्रणली जडान गरिएको थियो । अमेरिकी केन्द्र सरकारले घटनाका बारेमा विस्तृत छानबिन गरिने बताएको बीबीसीले जनाएको छ ।

अघिल्लो समाचार