काठमाडौं, २६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । आज दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । आज बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध अन्त्य, विचाराधिन विधेयकलगायतका विषयमा छलफल हुने कबुझिएको छ ।
कांग्रेस संसदीय दलको समितिमा देउवासहित,महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।