अर्थ ⁄ वाणिज्य

तत्काल रोयल्टी बुझाउन १६ इन्टरनेट कम्पनीलाई निर्देशन

काठमाडौं, २५ साउन । नेपाल दुरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई तत्काल रोयल्टी बुझाउन निर्देशन दिएको छ ।

दुर सञ्चार सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामिण दुर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी तत्काल बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले तत्काल दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Related Post
Share

This website uses cookies.