मकवानपुरमा पहिरो : छोरी,ज्वाई नातिनीसँगै हजुरबा बेपत्ता,आमाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

मकवानपुरमा पहिरो : छोरी,ज्वाई नातिनीसँगै हजुरबा बेपत्ता,आमाको मृत्यु

death body

काठमाडौं, २३ साउन । मकवानपुरको बाग्मती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा अझै ६ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको र सो घरमा रहेका ६ जना मानिस अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी गम्भिर घाइते भएकी स्यान्तानकी श्रीमती सन्त माया स्याङ्तानको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

पहिरोमा परी अक्कल बहादुर स्याङ्तान, उनकी छोरी शिला पहरी, ज्वाइँ जीवन पहरी, नाति मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुलीकी पासाङ घिसिङ बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);