प्रचण्ड इतिहासले जन्माएको नेता हो, प्रचण्डको विकल्प खोज्न मिल्दैन । | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रचण्ड इतिहासले जन्माएको नेता हो, प्रचण्डको विकल्प खोज्न मिल्दैन ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान को घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । पार्टी अध्यक्ष प्रचण्डले बैठकमार्फत नेता कार्यकर्ताहरूलाई सुशासनका पक्षमा सरकारले चालेका कामको प्रचार गर्न निर्देशन दिएका छन। यस अघि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रिय सदस्यहरुले पार्टीलाई सुदृढ र एकढिक्का बनाउँदै चुस्त कमिटी निर्माण गर्दै नेता र नेतृत्वलाई जनजीविकाका सवालमा केन्द्रित भएर पार्टी अघि बढ्नु पर्ने सुझाव दिएका छन। काठमाण्डौको कमलादीमा बसेको माओवादी केन्द्रको बैठक बारे इमाउन्टेनले माओवादीका केन्द्रिय सदस्य दिननाथ शर्मासँग गरेको कुराकानी ।

माओवादीको जारी बैठकमा मुख्यतः कुन कुन विषय उठेका छन् ?
हाम्रो बैठकमा भव्य छलफल जारी छ । सबै कमरेडहरुले पार्टीको पुर्ननिर्माणमा जोड दिएका छन। यो बैठक पछि तीन महिना जनताको घरदैलो अभियानमा जानु पर्छ भन्ने विषय उठेको छ । पार्टी एकतामा जोड दिएका छौ ।

बैठकमा बोल्ने कतिपय सदस्यहरुले प्रचण्डपछि माओवादीको नेतृत्व कसले गर्छ भनिरहेका छन । पार्टी नेतृत्वमा प्रचण्डको विकल्प खोजि भइरहेको हो र ?
कसले के चाहान्छ थामा भएन । तर प्रचण्ड रातारात जन्मेको नेता होइन । प्रचण्ड इतिहासले जन्माएको नेता हो । माओवादीले पार्टी नेतृत्वका लागि प्रचण्डको विकल्प खोजेको छैन । खोज्न मिल्दैन । उहाँ आफ्नो मिसनमा सफल हुनु भएको छ।

बैठकमा राष्ट्रिय विषयमा कति चर्चा भयो ?
हाम्रो चिन्ता लोकतान्त्रिक प्रणालीलाई सस्थागत गर्न सकिएन भन्नेमा छ । हामीहरुले जसरी हुन्छ माओवादीले स्थापीत गरेका व्यवस्था र मुल्यमान्यता सस्थागत गर्नु पर्छ भन्नेमा जोड दिएका छौ । पार्टीभित्र राजनीतिक सिद्धान्त र सांगठनिक आदर्श तथा पार्टीको कार्यदिशा अनुसार नेतृत्व चल्नु पयो भन्ने बुहस पुरानै हो । यो बैठकमा यी विषय जोडदार रुपमा उठेका छन् ।

माओवादीभित्र चरम महत्वाकांक्षा बढ्यो भनेर आलोचना हुने गरेको छ बैठकमा यस विषयमा प्रश्न उठ्यो त ?
हो नेताहरुको रहन सहन प्रति कार्यकर्ता र जनताको सन्तुष्टि छैन । थुप्रै पश्नहरु उठेका छन् । यस विषयमा राजनीति गर्नेहरु गम्भिर हुन जरुरी छ । बैठकमा यस्ता सवाल उेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);