ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरीः पूर्वपरराष्ट्रमन्त्री आचार्य | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरीः पूर्वपरराष्ट्रमन्त्री आचार्य

काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गर्नुभएको छ ।

शुक्रवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सिमा व्यवस्थापन मात्रै नभएर नेपालको भौगोलिक कालापानी, लिपुलेक लगायतमा विवाद रहेको बताउनु भयो। उहाँले दुई देशबीच ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरे पनि संयन्त्रको बैठक एकपटक बस्न नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ सीमा व्यवस्थापन होइन की हाम्रो भौगोलिक सिमाहरुको जहाँ जहाँ समस्याहरु(कालापानी, लिपुलेक लगायत) छन् । ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरेका छौं दुई देशका बीचमा । तर, संयन्त्रको बैठक एकपटक पनि बस्दैन । संयन्त्र गठन मात्रै गरेर भएन । भारतको सुरक्षा भारतको जिम्मेवारी हो तर, हाम्रो तर्फबाट नकारात्मक प्रभाव पर्न दिँदैनौं । यसमा त नेपालनै सजग छ त ।’

उहाँले भारतको सुरक्षा भारतको जिम्मेवारी भएको भन्दै नेपालबाट नकारात्मक प्रभाव पर्न नदिने विषयमा सजक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);