नेप्सेमा झिनो अंकको बृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेप्सेमा झिनो अंकको बृद्धि

काठमाडौं । साताको कारोबारको अन्तीम दिन बिहिबार नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । आज ३ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८९.८४ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकम बुधबारको तुलनामा भने निकै खुम्चिएको छ । आज १ अर्ब ७८ करोड १९ लाख ४१ हजार माथिको कारोबार भएको हो ।

सेयर बजार बढेसँगै आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, अभियान लघुवित्त, सीईडीबी हाइड्रोपावर सुपर माई हाईड्रोपावर कम्पनीलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);