मणिपुर हिंसाको ३ महिना पूरा,शवको सामुहिक अन्तेष्टि गरिदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

मणिपुर हिंसाको ३ महिना पूरा,शवको सामुहिक अन्तेष्टि गरिदै

एजेन्सी,१८ साउन । मणिपुरमा मेइतेई र कुकी समुदायबीचको हिंसा बिहीबार तीन महिना पूरा भएको छ । राज्यमा अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भइसकेको छ । धेरैको शव इम्फालको अस्पतालको शवगृहमा राखिएको छ । तीमध्ये आज कुकी–जो समुदायका ३५ जनाको शवलाई सामूहिक रुपमा दाहसंस्कार गरिने भएको छ ।

कुकी–जो समुदायको सङ्गठन आदिवासी जनजाति नेता फोरम (क्ष्त्ीँ) ले चुराचन्दपुर जिल्लाको लम्का सहरस्थित तुइबोङ शान्ति मैदानमा अन्त्येष्टि गर्ने भएको छ । यसैबीच विष्णुपुर–चुरचन्दपुर जिल्ला सीमामा थप केन्द्रीय सुरक्षा बल पठाइएको छ ।

केहि जो–कुकीको शव गाड्नका लागि बाहिर निकालिएको हुन सक्ने बुधवार राति अफवाह फैलाइयो, त्यसपछि इम्फालको क्षेत्रीय चिकित्सा विज्ञान संस्थान र जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थानका दुई अस्पताल नजिक भीड जम्मा भयो । तर, प्रहरीले भीडलाई शान्त गराउन सफल भयो । राति १० बजेसम्म केही भएन ।

इम्फालका यी दुई अस्पतालको शवगृहमा इम्फाल उपत्यकामा जातीय द्वन्द्वमा मारिएका धेरै व्यक्तिको शव राखिएको छ । असम राइफल्स, ¥यापिड एक्शन फोर्स, सेन्ट्रल रिजर्भ पुलिस फोर्स र सेनाको अतिरिक्त टुकडी कुनै पनि हिंसा रोक्न यहाँ तैनाथ गरिएको छ।

इम्फालको पाटसोई विधानसभा क्षेत्रको अपुम्बा तेनबाङ लुपका महिलाहरूले २६ दिन बितिसक्दा पनि २ किशोरलाई पत्ता लगाउन नसकेकोमा विरोध गरेका छन् । मे ३ मा हिंसा भड्किएपछि राज्यमा दुई पत्रकार र दुई किशोरसहित २७ जना बेपत्ता छन्। मोरेहबाट सुरक्षाकर्मी हटाइएपछि बिहीबार काङपोकपी १२ घण्टा बन्द हुने भएको छ ।

मे ३ मा मणिपुरमा मेइती समुदायलाई अनुसूचित जनजाति (क्ऋ) का दर्जा दिनुपर्ने मागको विरोधमा ‘आदिवासी एकता मार्च’ निकालिएको थियो। त्यसपछि त्यहाँ जातीय द्वन्द्व चर्कियो । त्यसयता त्यहाँ १५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । १० हजारभन्दा बढी घाइते भएका छन् ।

सोमबार (जुलाई ३१) मा सर्वोच्च अदालतमा मणिपुर मुद्दाको सुनुवाइ भएको थियो। अदालतले भनेको थियो,‘हाम्रो लागि समय सकिएको छ। राज्यको अवस्था सुधार्न धेरै गर्न आवश्यक छ। महिला हिंसा जस्ता गम्भीर विषयलाई सम्बोधन गर्ने संयन्त्र बनाउनुपर्छ । हामी मणिपुर पुलिसले यस्ता घटनाहरू ह्यान्डल गर्न चाहँदैनौं ।’

Leave a Reply

ताजा समाचार