छोरीको हत्या गरि बाबुले गरे आत्महत्याको प्रयास | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

छोरीको हत्या गरि बाबुले गरे आत्महत्याको प्रयास

टीका खतिवडा,१६ बैशाख इलाम । भारत घर भइ हाल इलाम नगरपलिका –७ मा डेरा गरी बस्ने राजु चौधरीले (शुक्रबार) गएराती आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । इलाम वजारमामा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरी र उनकी श्रीमती २७ बर्षिय बिमला (लिम्वू) चौधरी

छोरीको हत्या गरि बाबुले गरे आत्महत्याको प्रयास

टीका खतिवडा,१६ बैशाख इलाम । भारत घर भइ हाल इलाम नगरपलिका –७ मा डेरा गरी बस्ने राजु चौधरीगरे(शुक्रबार) गएराती आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । इलाम वजारमामा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरी र उनकी श्रीमती २७ बर्षिय बिमला (लिम्वू) चौधरी बिच शुक्रबार बेलुका घरायासी बिवाद भएपछी राजुले ८ बर्षिया छोरी बिरुषा चौधरी र ३ बर्षिया छोरी मिरा चौधरीलाई लिएर घर छाडी इलाम वजारकै फ्रेण्ड होटलमा बस्न गएका थिए ।

 

राजुले सोही होटलको कोठा नम्बर ४ मा रातको १२ बजेतिर छोरीहरु दुवैको घाँटी थिची आफू सिलिङ फेनको हुकमा पासो लगाई आत्महत्या गर्ने क्रममा अचानक गाठो फुकेर झरेपछी होटल संचालकले थाहा पाई प्रहरी चौकी चोकबजारमा खबर गरेका थिए । घटनास्थलमा प्रहरीको टोली खटिगइ हेर्दा जेठी छोरी बिरुषा चौधरीको मृत्यु भइसकेको र कान्छी छोरी मिरा चौधरी अर्धचेतन अवस्थामा र बाबु राजु चौधरी समेत घाइते अवस्थामा फेला पारेको हो । घाइते मिराको झापा विर्तामोडको बिर्तासटी अस्पतालमा उपचार भइरहेको छ । बाबुको जिल्ला अस्पताल इलाममा उपचार पस्चात हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);