बालेनको डोजर रोक्न राप्रपाको कार्यालय अगाडी गाडी तेर्साइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

बालेनको डोजर रोक्न राप्रपाको कार्यालय अगाडी गाडी तेर्साइयो

काठमाडौं, १५ साउन । काठमाडौं महानगरपालिकाले आज राप्रपाको केन्द्रीय कार्यालय हटाउने तयारी गरेको छ । मापदण्ड मिचेर बनाइएको पार्टी कार्यालय हटाउने भएपछि सो भवन वरिपरि खैलाबैला मच्चिएको हो ।

धुम्बाराहीस्थित पार्टी कार्यालय आज महानगरले भत्काउने थाहापाएसँगै कार्यकर्ताहरु झुम्मिएका छन् । उनीहरुले सडकमा गाडी तेर्साएर डोजरलाई अबरोध गर्न सुरु गरेका छन् । कार्यालय वरिपरि कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति देख्न सकिन्छ ।

महानगरको टोली डोजरसहित धुम्बाराही aतर्फ जाने तयारी गरेको बुझिएको छ । महानगरले पार्टीलाई ३ दिन अघि कार्यालय खाली गर्न दिएको समय सीमा आज सकिदैछ । राप्रपा पार्टीको कार्यालय नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको महानगरको दाबी छ ।

गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेपनि हटाउन सफल भएन । महानगरले शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाएको हो । धुम्बाराहीस्थित उक्त भवन स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार नक्सा पास नगरी निर्माण गरेको देखिएको छ । साथै विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ मा बिजुलीको तारदेखि घरसम्मको न्यूनतम दूरी कायम नगरी विद्युत् प्रशारण लाइनमुनि नै भवन निर्माण गरेकोले कामपाले उक्त भवन भत्काउन लागेको जनाएको छ ।

Leave a Reply