नापी कार्यालय चाबहिलका अधिकृतमाथि अख्तियारको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

नापी कार्यालय चाबहिलका अधिकृतमाथि अख्तियारको मुद्दा

काठमाडां, १४ साउन । नापी कार्यालय चाबहिलमा कार्यरत अधिकृत राजु पुरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । अधिकृत पुरीमाथि भ्रष्टाचार गरेको ठहर गर्दै १ करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ बिगो कायम गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा पुरीले नियुक्ति भएदेखिको आम्दानीमा १ करोड ४ लाख ३ हजार ९ सय ४१ रूपैयाँ ८३ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको भन्दै भ्रष्टाचार गरेको पुष्टि गरेको हो ।
पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । उनी मिति २०५२ साल कात्तिक ९ गते सरकारी सेवामा प्रवेश गरेका थिए ।

आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिएकोले उक्त बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएकोे अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);