आगलागीमा परी बालकको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आगलागीमा परी बालकको ज्यान गयो

शम्भू माली १५ बैशाख कपिलबस्तु ।
कपिलबस्तु जिल्लाको साविक हथिहवा गाबिस वडा नं. ७ शिवपुर हाल शुद्धोधन गाँउपालिका ५ आगालागीमा परी एक बालकको ज्यान गएको छ । आगालागीमा परि ओम प्रकाश कुर्मीकोे २ वार्षिया छोरा श्याम कुर्मीको ज्यान

आगलागीमा परी बालकको ज्यान गयो

शम्भू माली १५ बैशाख कपिलबस्तु ।

कपिलबस्तु जिल्लाको साविक हथिहवा गाबिस वडा नं. ७ शिवपुर हाल शुद्धोधन गाँउपालिका ५ आगालागीमा परी एक बालकको ज्यान गएको छ । आगालागीमा परि ओम प्रकाश कुर्मीकोे २ वार्षिया छोरा श्याम कुर्मीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक कुर्मीको शव अहिले पोष्टमार्टमका लागी जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । मृतकका बाबुआमा घरमा नभएको समयमा सो घटना भएको बताइएको छ ।

 

आज दिउसो २ बजेतिर लागेको आगलागी स्थानीयबासी, शसस्त्र प्रहरी बल (बिओपि) हथिहवाको टोली र इलाका प्रहरि कार्यालय पकडिको प्रहरिको टोलीले आगो नियन्त्रणमा लिएका छन् । आगोेलागी नियन्त्रण पश्चात मात्र कपिलबस्तु नगरपालिका तौलिहवाको बारुणयन्त्र घटना स्थलमा पुगेको प्रहरिले बताएको छ । बिहानको समयमा खाना पकाएपछि आगो ननिभाएका कारण आग लागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आग लागीबाट ७ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक बिकास थापाले जनाउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);