हुम्लाको ३ गाउँमा पहिरोे, यकिन विवरण आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

हुम्लाको ३ गाउँमा पहिरोे, यकिन विवरण आउँदै

काठमाडौं, १४ साउन । हुम्लामा ठुलो वर्षा सँगै शुक्रबार पहिरो जाँदा ३ गाउँमा लाखौं रुपैयाँको क्षति भएको छ । शुक्रबार राति सदरमुकाम सिमकोट नजिकै रहेको सर्केगाड गाउँपालिका–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा शुक्रबार राति पहिरो जाँदा ठुलो क्षति भएको हो ।

मानविय क्षति नभएपनि घर, जलविद्युत, सडकलगायतका भौतिक संरचनामा पहिरोले क्षति पुराएको हो । वर्षासँगै पहिरो जाँदा पुल, खेतबारी, घरमा क्षति पुराएको छ । स्थानीय रामबहादुर रोकायाको घरमा सबैभन्दा धेरै क्षति भएको छ ।

रिप गाउँमा २३० घर धुरी रहेका छन् । पहिरोपछि सबै स्थानीय त्रसित भएका छन् । गाउँमा भएका कुण्डहरु सबै पुरएिका छन् । रिप गाउँका २५ जनालाई घर खाली गराएर सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);