कोशीमा नयाँ सरकार गठनबारे आज पनि प्रचण्ड,देउवाबीच छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

कोशीमा नयाँ सरकार गठनबारे आज पनि प्रचण्ड,देउवाबीच छलफल हुँदै

काठमाडौं, १४ साउन । सत्तागठबन्धनका शीर्ष नेताहरु कोशी प्रदेशमा नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । शनिबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा रहेका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको स्रोतले जनाएको छ । यसबारे शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफल गरेका थिए । यद्यपी, राप्रपाले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन् ।

कोशी प्रदेशमा कसैले बहुमत पुर्याउन नसके सबैभन्दा बढी सांसद रहेको दल नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्छन् । तर,संविधानअनुसार उनले पनि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । यसअघि पनि कार्कीले विश्वासको मत लिन नसकेपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

कुनैपनि हालतमा बहुमत पुर्याउन नसके मध्यावधि चुनावतर्फ जानसक्छ । मध्यावधीमा नजान सत्तापक्ष र विपक्ष दुवै तयार छैनन् । बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएर भएपनि बहुमत ४७ सांसदको समर्थन प्रस्तुत गर्ने सत्ता गठबन्धनले उपाय अपनाउने तयारी गरेको बुझिएको छ ।

सर्वोच्च अदालतले कोशी सरकारमा उद्धव थापालाई मुख्यमन्त्री बनाउनु असंवैधानिक ठहर गरेपछि नयाँ सरकार गठनको प्रक्रिया बढेको छ । १६ साउनसम्म बहुमत प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् ।
९३ सदस्यीय कोशी प्रदेशमा सत्ता गठबन्धनको ४६ सांसद छन् । सभामुख बाबुराम गौतम सत्ता गठबन्धनको घटक माओवादी केन्द्रका हुन् । तर, उनले सरकार गठनमा मत दिन पाउँदैनन् ।

विपक्षी नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् । यसकारण एक सांसदको समर्थन नै निर्णायक बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);