काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेरै बन्द भएको छ ।
बजार लगातार तीन दिन घटेको हो । नेप्से ०.३७ प्रतिशतले ओरालो लाग्दा ८.११ अंकले घट्दै २१५६.२० को विन्दुमा बन्द भएको छ ।
आजको दिन ६७ कम्पनीको मूल्य वृद्दी भएको छ भने १४१ कम्पनीको मूल्य घटेको हो । साथै, ९ कम्पनीको मूल्य भने स्थीर देखियो ।
बुधबार ग्योबल आईएमईको प्रोमोटर सेयरमा सबैभन्दा धेरै लगानीकर्ता रहे । सबैभन्दा धेरै कमाउने कम्पनीको रुपमा किसान लघुवित्त संस्था रह्यो । जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
आज जम्मा २ अर्ब बराबरको कारोबार भएको छ ।