माईती बस्दै आएकी श्रीमतीको हत्या गर्ने श्रीमानलाई गाउँलेले कुटे,गम्भिर अवस्था उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

माईती बस्दै आएकी श्रीमतीको हत्या गर्ने श्रीमानलाई गाउँलेले कुटे,गम्भिर अवस्था उपचार हुँदै

hatya
बारा, १० साउन । आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा  एक पुरुष पक्राउ परेका हुन् । भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी(१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार