धरान उपमहानगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

धरान उपमहानगरपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने

धरान, २८ पुष । सुनसरीको धरान उपमहानगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न अभियान सुरु भएको छ ।

धरान र आसपासको क्षेत्रमा नयाँ पदमार्ग र होमस्टेको सम्भाव्यता अध्ययन गरी धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न धरान उपमहानगरपालिकाले अभियान सुरु गरेको हो । त्यसका लागि पदमार्ग अध्ययन टोलीले धरान–४, वसन्तटारस्थित प्रांगारिक गाउँदेखि दानाबारीगढी थुम्की हुँदै सेर्गेसम्मका बासिन्दासँग छलफल अघि बढाइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);