मुग्लिन आउदै गरेको बससँग ट्रक जुध्दा ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

मुग्लिन आउदै गरेको बससँग ट्रक जुध्दा ११ जना घाइते

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै ट्रक र बस ठोक्किदां ११ जना घाइते भएका हुन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ । ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);